Poster Hope in Adaptation’

Theme of the Poster:

Even a single plant planted in a drought land can be of hope if preserved, watered and nurtured
properly. There is a hope; hope in adaptation. The poster is parted between the drought and the
green land. The partition is human constructed problem. It is up to human being whether the
partition will end flourishing up to the drought area or the green one. Yet, there is a sign of hope
planted in the drought area which can change the barren land into the fertile land. Hope is a never-
ending process. Dreams can be true if we desire it to be true, wholeheartedly.

अज विश्व रंगमञ्च दिवस । पोहोर एउटा राष्ट्रिय दैनिकमा मेरो सानो लेख छापिएको थियो । तर यसपाली छापिदिएनन्, खै किन हो थाहा छैन ! तर आफ्नै ब्लगमा छाप्न त तिनले नरोक्लान् नि ! लेख यस्तो छ ।

रंगमञ्च दिवसको सन्देश ः नाटक शान्ति, सद्भाव र विकासका लागि
सन्दर्भ : मार्च २७, विश्व रंगमञ्च दिवस–२०११

आज मार्च २७ अर्थात् विश्व रंगमञ्च दिवस । हरेक बर्ष मार्च २७ मा विश्वले रंगमञ्च दिवस मनाउने गर्दछ । इन्टरनेसनल थिएटर इन्स्टीच्युट (आइटिआई)ले एकजना विश्व चर्चित र रंगमञ्चको क्षेत्रमा बिशेष योयदान पु¥याउने एकजना व्यक्तित्वलाई साझा सन्देश सम्प्रेषण गर्न आग्रह गर्दछ । स्मरणीय रहोस् नेपाल पनि आइटिआईको सदस्य राष्ट्र हो । यस बर्षको लागि विश्व रंगमञ्च दिवसको सन्देश युगान्डाकी विश्वचर्चित समाज सेवी तथा रंगकर्मी जेसिका कावाले दिएका छन् ।

जेसिका कावा चर्चित नाटककार, कलाकार र निर्देशक हुन् । उनको योगदान रंगमञ्चमा मात्र छैन । उनी उच्च सम्मानीत मानव विकास कार्यका अध्यता पनि हुन् । हाल उनी युगान्डाको मेकेरेरी विश्वविद्यालयमा संगीत, नृत्य तथा नाटक विभागमा वरिष्ठ प्राध्यापकका रूपमा कार्यरत छन् । उनले सामाजिक रूपान्तरणका विभिन्न कार्यहरूमा नाटक र संचारको प्रयोग गरि अनुसन्धान तथा विकासका कार्यहरूलाई अगाडि बढाउँदै आएका छन् ।

उनले हालसम्ममा रंगमञ्च, टेलिभिजन र रेडियोका लागि १५ भन्दा बढी नाटक लेखेका छन् । आफूले लेखेको धेरैजसो नाटकलाई उनी आफैले निर्देशन गरेका छन् । त्यसबाहेक उनले शेक्सपिएर, वे्रख्त, इभोर इस्ट्राभिन्स्की जस्ता विश्वविख्यात नाटककारहरूका नाटक पनि निर्देशन गरेका छन् ।

कचहरि नाटक ’मधेश–तराई’को एक दृष्य । फोटो : भाजु महेश

‘तपाईंहरूले कहिल्यै कल्पना पनि गर्नुभएको छ कि रंगमञ्च शान्ति र सद्भाव कायम गर्नाका लागि शक्तिशाली माध्यम बन्न सक्छ भनेर ? विभिन्न राष्ट्रहरूले द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति र सद्भाव विकासका लागि व्यापक रूपमा पैंसा खर्च गरिरहेका छन् । तर अलिकति पनि रकम नाटक वा रंगमञ्चका लागि छुट्याइदिने हो भने यो खर्च कम त हुन्छ नै, यो माध्यमले समाज रुपान्तरणका लागि र द्वन्द्व व्यवस्थापनमा वैकल्पिक भूमिका निभाउने पनि थियो ।

रंगमञ्च जनवकालत गर्न र आफ्ना भावनालाई उजागर गर्नका लागि एक ससक्त माध्यम हो भन्ने कुरा विश्वव्यापी रुपमा प्रमाणित भैसकेको छ । रंगमञ्च त्यस्तो व्यवव्यापी भाषा हो, जसबाट हामी सजिलैसँग शान्ति र सद्भावनाका सन्देश सम्प्रेषण गर्नसक्छौं । रंगमञ्चलाई अन्य कलाका विधाहरू झैं विशेष प्राथमिकता दिएर हाम्रो दैनिक जिवनमा लागू गर्नु अहिलेको आवश्यकता हो । सामाजिक रुपान्तरण, समुदायको पुर्नस्थापना जस्ता विषयमा होस् या युद्धका बेला होस्, मानिसहरूलाई सचेत हुन र जनचेतना जगाउन नाटकले महत्वपूर्ण भूमिका खैल्दै आएको सर्वविदितै छ । त्यसैले पनि बन्दुक, बम या अन्य शक्तिशालि र महंगा हातहतियार भन्दा रंगमञ्च जस्ता औजारले समाजलाई फाइदा पुग्छ । विश्वका विकसित र शक्तिशाली राष्ट्रहरू लगाएत संयुक्त राष्ट्र संघले समेत लाखौं करोडौं रकम शान्ति निर्माण र द्वन्द्व व्यवस्थापनमा खर्चिरहेका छन् । समाज परिवर्तन, द्वन्द्व व्यवस्थापन र शान्ति–सद्भावना कायम गर्नाका लागि त्यस्ता हातहतियार भन्दा रंगमञ्च सस्तो र ससक्त माध्यम बन्न सक्छ । जुन आफैमा प्राकृतिक, मानव मैत्री, कम खर्चिलो, कम जनशक्ति लाग्ने र धेरै नै शक्तिशाली पनि छ ।’

यो हो जेसिका कावाले विश्व रंगमञ्च दिवस २०११ का अवसरमा दिएको सन्देशको मूल साभार । जेसिका कावाको सन्देशमा भनिए झैं विश्वमा कलाका विभिन्न माध्यमहरू मध्ये नाटक  एक त्यस्तो माध्यम हो जसमा जीवन खोज्न सकिन्छ । जीवन झल्काउन सकिन्छ । नेपालको परिप्रेक्ष्यमा नाटकको मात्र हैन कलाका विभिन्न विधाहरू जस्तैः चित्रकला, मूर्तिकला, नृत्य आदिको कमै चर्चा र गफ भएको पाईन्छ, यसलाई दैनिक जीवनमा लागू गर्नु त परको कुरा हो । विश्वभर विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्थाले शिक्षा र सामाजिक सन्देश प्रवाह गर्नाका लागि एवम् व्यवहार परिवर्तन गराउनका लागि नाटकको प्रयोग व्यापक रूपमा गर्दै आएको पाईन्छ । विशेष गरि अफ्रिकी मुलुकहरू जस्तैः युगान्डा, जिम्बाबे त्यस्तै बाज्रिल अनि दक्षिण एसियाली मुलुकहरूमा भारत, बंगलादेश आदिमा ‘बिकासका लागि नाटक’को प्रयोग बढि भएको पाइएको छ । समुदायका लागि समुदायमा समुदायकै मानिसहरूको सहभागितामा गरिने ‘सहभागितामुलक नाटक’ पनि विश्वमा चर्चित अर्को विधि हो । साँस्कृतिक नाचबाट शुरु भै मञ्च नाटक, सडक नाटक, कचहरी नाटकबाट कानुन बनाउने नाटकसम्म आइपुग्दा नेपाली रंगमञ्चले ठूलै फड्को मारेता पनि बिकास या सामाजिक सन्देश प्रवाहका लागि रंगमञ्चको प्रयोग भने कमै भएको पाईन्छ । नेपालमा एचआइभि एड्स, क्षयरोग, चेलीबेटी बेचविखन, वातावरण, मानव अधिकार आदि
जस्ता बिषयमा धेरै नै सडक नाटकहरू भएका छन् । नेपाल सरकारका विभिन्न विभाग लगाएत बिकासे संघ–संस्थाहरूले कहिले काँहि सामाजिक सन्देश प्रवाह गर्नका लागि सडक नाटकहरू गराउने गरेको पाईन्छ । तर उनीहरूले कमै मात्र आफ्ना गतिविधीमा नाटकलाई समावेश गरेका हुन्छन् ।

यदि वास्तवमै यस्ता बिकासे संघ–संस्थाहरूले सामाजिक रूपान्तरण तथा जनचेतना अभिवृद्धिका माध्यमका रूपमा आफ्ना गतिविधीहरूमा नियमित रूपमा नाटक जस्ता कला गतिविधीहरू समावेश गराउँदै जाने हो भने, कला र कलाकार दुवै पक्षको समुचित बिकास हुँदै जाने थियो । साथैं, बिकास निर्माणका लागि लगानी गर्ने खर्च त कम हुन्छ नै कैयौं प्रतिभावान् वेरोजगारले रोजगारीको अवसर पनि प्राप्त गर्ने थिए ।

भाजु महेश
मार्च २७, २०११, पोखरा

Photo Stories

Posted: March 22, 2011 in Photo Stories by Bhaju Mahesh

Photo Story: Chiya Katha (Tea Story) at Begnas, Kaski
Photo by: Bhaju Mahesh